नियम
अध्यक्षको सेवा, शर्त र सुविधा

(१) अध्यक्षको मासिक पारिश्रमिक र निजले पाउने भत्ता तथा अन्य सुविधाहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(२) अध्यक्षको पदावधि समाप्त भएपछि नेपाल सरकारले निजलाई पुन सोही पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(३) अध्यक्षले बोर्डका कर्मचारीले पाए सरहको विदाको सुविधा पाउनेछ ।